एलन मस्कले ट्वीटर किन्ने सम्झौता रद्द गर्ने घोषणा गरे, ट्वीटर कम्पनी अदालत जाने
काठमाडौं । सामाजिक सञ्जाल कम्पनी ट्विटरका अध्यक्षले टेस्लाका प्रमुख एलन मस्कको कम्पनीसँगको ४४ अर्ब डलरको सम्झौता पूरा गराउन अदालत जाने बताएका छन् । एलन मस्कले ट्वीटर किन्ने सम्झौताबाट बाहिरिने घोषणा गरेका छन् । उनले यो सम्झौतासँग सम्बन्धित सर्तहरु पटकपटक तोडेको आरोप लगाउँदै आफू पछि हटेको बताएका छन् ।
विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क र ट्वीटरबीच कम्पनी किन्नको लागि अप्रिल महिनादेखि चर्चा चलिरहेको छ, जसमा समय समयमा नयाँ ट्विस्टहरू आइरहेका छन् । पछिल्लो घटनाक्रममा, एलन मस्कले कम्पनीले आफूलाई नक्कली खाताहरूको बारेमा पर्याप्त जानकारी नदिएको आरोप लगाएका छन्।
ट्विटर र मस्क बीचको सम्झौतामा यी नयाँ बाधाहरू आएका समाचारका कारण कम्पनीको सेयर मूल्य ७ प्रतिशत घट्यो। ट्विटर र मस्क बीचको खरिद सम्झौतामा ब्रेक-अप शुल्क एक अर्ब डलर तोकिएको थियो, जसको मतलब यो रकम सम्झौता टुटेको खण्डमा भुक्तानी गर्ने सम्झौता भएको थियो।
एलन मस्कको घोषणापछि ट्वीटरले अब यो सम्झौताका सम्बन्धमा कानुनी कारबाही गर्ने बताएको छ । ट्विटरका अध्यक्ष ब्रेट टेलरले एक ट्वीटमा लेखेका छन्, “ट्विटर बोर्ड मस्कसँग सहमत भएको मूल्य र सर्तमा लेनदेन पूरा गर्न कटिबद्ध छ।
उनको सन्देशबाट अब दुई पक्षबीच लामो अदालती प्रक्रिया सुरु हुन सक्ने बुझिएको छ ।
एलन मस्कले ट्विटर किन्नको लागि अप्रिलमा एउटा सम्झौतामा हस्ताक्षर गरेका थिए। तर अर्को महिनामा, उनले नक्कली र स्प्याम खाताहरूको संख्यामा ट्विटर तथ्याङ्कहरू पर्खिरहेकाले सम्झौता “अस्थायी रूपमा होल्डमा” रहेको बताए।
मस्कले ट्विटरमा कुल खाताहरूमध्ये नक्कली वा स्प्याम खाताहरूको संख्या ५ प्रतिशतभन्दा कम भएको प्रमाण मागेका थिए। अब उनका वकिलले युएस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनलाई पत्र लेख्दै ट्वीटरले या त जानकारी दिन असफल भएको वा जानकारी नदिइरहेको बताएका छन् ।
पत्रमा भनिएको छ, “ट्विटरले कहिलेकाहीं मस्कको अनुरोधलाई बेवास्ता गरेको छ, कहिलेकाहीं नाजायज जस्तो देखिने कारणहरू देखाउँदै जानकारी दिन अस्वीकार गरेको छ र कहिलेकाहीँ अनुरोधहरू स्वीकार गरेको दाबी गरेको छ जब कि उसले मस्कलाई या त अपूर्ण जानकारी दिएको छ वा यस्तो जानकारी दिएको छ जुन कुनै कामको छैन।”
स्प्याम खाताहरू धेरै संख्यामा मानिसहरूलाई जानकारी फैलाउन वा मानिसहरूलाई बहकाउन सिर्जना गरिएका खाताहरू हुन्। ट्विटरले बिहीबार भनेको छ कि उसले हरेक दिन ट्वीटरबाट करिब १० लाख नक्कली खाताहरू हटाउँदैछ। एलन मस्क विश्वास गर्छन् कि२० प्रतिशत वा बढी ट्विटर खाताहरू नक्कली छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment