उच्च अदालत बारको मतदान सम्पन्न, एमाले र नेकपा एस निकटको गठबन्धन

डिसी नेपाल
२५ असार २०७९ २०:३३
424
Shares

काठमाडौं । उच्च अदालत बार एशोसिएशन पाटनको २०औँ नयाँ कार्यसमितिका लागि आज भएको मतदान सम्पन्न भएको छ । आजै मतगणना सुरु गरेर सक्ने तयारी रहेको छ । उक्त निर्वाचन समितिका प्रमुख अधिकृत केदार अधिकारीका अनुसार निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । मतगणना प्रारम्भ गर्ने विषयमा सर्वदलीय बैठकसमेत सम्पन्न भएर केहीबेरमा मतगणना प्रारम्भ गर्ने र आजै नजिता सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए ।

नेपालको ९० वटा बार एकाइमध्ये सबैभन्दा बढी सदस्य सङ्ख्या दुई हजार ८२८ मतदान रहेको उक्त बारमा दुई समूह प्रतिस्पर्धामा उत्रिएका छन् । त्यसमध्ये प्रजातान्त्रिक समूहको रामकृष्ण शर्माले गरेका छन् भने प्रगतिशील समूह शान्तिराम खतिवडाले गरेका छन् । प्रगतिशील समूहमा नेकपा (एमाले) र एकीकृत समाजवादी निकट कानुन व्यवसायी रहेका छन् भने बाँकी सबै प्रजातान्त्रिक समूहमा रहेका छन् ।

नयाँ कार्यसमितिमा पाँच पदाधिकारी र १४ सदस्य गरी १९ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ । त्यसका लागि पदाधिकारी १० र सदस्यका लागि १८ जना चुनावी मैदानमा छन् । आज बिहान ९ बजेदेखि मतदान प्रारम्भ भएको थियो भने बेलुका ५ः१५ सम्पन्न भएको छ । दुई वर्षका लागि नयाँ कार्यसमिति चयन हुने भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.