नेपाल एसबीआई बैंकको ऋणपत्र भर्ने म्याद थप, अब कहिलेसम्म पाइन्छ भर्न ?
काठमाडौं। नेपाल एसबीआई बैंकले ३० लाख कित्ता ऋणपत्र भर्ने म्याद थप गरेको छ। बैंकको यस ऋणपत्रमा तोकिएको समयमा आवश्यक आबेदन नपरेको हुनाले समय थप गरेर साउन ४ गतेसम्म पुर्याइएको हो ।
बैंकले असार २२ गतेदेखि तीन अर्ब रुपैयाँ बराबरको ‘नेपाल एसबीआई बैंक ऋणपत्र २०८३’ बिक्री खुला गरेको थियो। पाँच वर्षअवधि रहने उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाउनेछन्।
जारी हुने एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख इकाइ ऋणपत्रमध्ये एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख इकाइका लागि सर्वसाधारणहरूले आवेदन दिन सक्नेछन्। एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख इकाइ ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट संघ संस्थालाई बिक्री गर्नेछ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले बैंकलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए रेटिङ’ प्रदान गरेको छ।







डिसी नेपाल








Facebook Comment