प्रभु क्यापिटलद्वारा मोबाइल एप सञ्चालनमा
काठमाडौं। प्रभु क्यापिटलले मोबाइल एप सञ्चालनमा ल्याएको छ। क्यापिटलका सेवाहरू छिटो र छरितो गर्न ग्राहकलाई सजिलो बनाउने उद्देश्यले एप सञ्चालनमा ल्याइएको हो। मोबाइल एपबाट ग्राहकले अनलाइनबाटै हितग्राही खाता र मेरो सेयर अनलाइन सेवाका लागि आवेदन दिन सकिने क्यापिटल कम्पनीले जानकारी दिएको छ।
त्यस्तै, भिडियो केवाईसी गर्न, हितग्राही खाताका विवरण परिवर्तनका लागि निवेदन दिन, हितग्राही खाता तथा मेरो सेयरको नवीकरणा शुल्क भुक्तानी गर्न, मेरो सेयरको पासवर्ड परिवर्तन गर्न निवेदन र हितग्राही खाताको स्टेटमेन्ट माग गर्न उक्त एपबाट सजिलो हुने कम्पनीले बताएको छ।
यसैगरी लगानी व्यवस्थापन सेवामा जोडिन उपलब्ध योजनामा आवेदन दिन सकिने सुविधा पनि एपमा रहेको छ । साथै नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने कम्पनीको कारोबारको विवरण तथा विभिन्न परिसूचकको अवस्था पनि सो एपमार्फत हेर्न सकिने कम्पनीको भनाइ छ।







डिसी नेपाल








Facebook Comment