झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
झापा। झापाको अर्जुनधारा नगरपालिका–६ कप्तानबारी चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा पाँचथरको फिदिम नगरपालिका–५ का अन्दाजी २५ वर्षीय कुमार खनाल रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको हो।
आज बिहान ६ बजे विर्तामोड–शनिश्चरे सडकखण्ड अन्तर्गत कप्तानबारी चोकमा खनालले चलाएको बा ४२ प १२८ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई सडकबाट अन्दाजी ७ फिट तल खसेको थियो।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय अनारमनी झापाले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment