हेर्नुहोस् सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ५१ पैसा र बिक्री दर १२७ रुपैयाँ ११ पैसा कायम गरेको छ।
युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ ८५ पैसा र बिक्री दर १२९ रुपैयाँ ४६ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५२ रुपैयाँ १८ पैसा र बिक्री दर १५२ रुपैयाँ ९० पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्री दर १३० रुपैयाँ १८ रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७५ पैसा र बिक्री दर ८७ रुपैयाँ १६ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ १५ पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ३० पैसा र बिक्री दर ९ रुपैयाँ ३४ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९० पैसा र बिक्री दर १८ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ७० र बिक्री दर ३३ रुपैयाँ ८६ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ४४ पैसा र बिक्री दर ३४ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७७ पैसा र बिक्री दर ९ रुपैयाँ ८२ पैसा कायम भएको छ।







डिसी नेपाल








Facebook Comment