मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

डिसी नेपाल
२९ असार २०७९ १०:४९
400
Shares

गोर्खा। गोर्खाको गोर्खा नगरपालिका-५ पश्चिमकालीमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। गोर्खा नगरपालिका-५ पश्लाङका अन्दाजी २७ बर्षीय प्रदिप थापाको उपचारको क्रममा जिल्ला अस्पताल गोर्खामा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार गोर्खा–७ सतिपिपलका २९ बर्षीय सुरज गुरुङ र सोही स्थानका १३ बर्षीय चन्द्र गुरुङको सोही अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था भने मध्यम रहेको छ।

तीन जना सवार बा ६५ प ५०५६ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ८ बजे अनियन्त्रीत भई पल्टिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *