इंग्ल्यान्डसँग भारतको खराब हार

डिसी नेपाल
३१ असार २०७९ ६:४५
112
Shares

काठमाडौं। इंग्ल्यान्डले दोस्रो एकदिवसीय खेलमा भारतलाई १ सय रनले पराजित गर्दै शृंखला बराबरी गरेको छ।

अब, अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ। २४७ रनको विजयी लक्ष्य पछ्याएको भारत ३८.५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमा समेटियो।

भारतका रविन्द्र जडेजा र हार्दिक पान्ड्याले समान २९ रन बनाए। इंग्ल्यान्डका बलर टोप्लीले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोली इंग्ल्यान्ड ४९ ओभरमा सबै विकेट गुमाउँदै २४६ रन बनायो।

इंग्ल्यान्डका मोईन अलीले ४७ रन बनाए। डेविड विल्ली ४१ रनको योगदान गरे। भारतका युजभेन्द्र चहलले ४ विकेट लिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *