तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

डिसी नेपाल
३१ असार २०७९ १३:२८
244
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

आजको कारोबारमा अपर नेपाल इन्भेष्टमेन्ट ऋणपत्र २०८२, माछापुच्छ्रे बैंक ऋणपत्र २०८५ र  सानिमा बैंक ऋणपत्र २०८५ को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। यि तिनवटै कम्पनीको सेयर भाउ १० प्रतिशतले वृद्धि भएको हो।

नेपाल इन्भेष्टमेन्ट ऋणपत्र २०८२ को सेयर मूल्य ९६ रुपैयाँ ४० पैसाले बढेर १ हजार ६० रुपैयाँ ६० पैसा पुगेको छ। यस्तै, माछापुच्छ्रे बैंक ऋणपत्र २०८५को सेयर मूल्य प्रतिकित्ता ९६ रुपैयाँ २० पैसाले बढेर १ हजार ५८ रुपैयाँ ५० पैसा र सानिमा बैंक ऋणपत्र २०८५ को सेयर मूल्य प्रति तोला ९३ रुपैयाँले बढेर १ हजार २५ रुपैयाँ पुगेको छ । मार्केट डेपमा यी तीन कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.