‘रियल ड्राइभर्स वान्टेड’ अभियानसहित नयाँ स्कोडा कुशाक सार्वजनिक
काठमाडौं। स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ (भन्ने ट्यागलाइनका साथ आफ्नो नयाँ फेसलिफ्ट स्कोडा कुशाक नेपाली बजारमा सार्वजनिक गरेको छ।
काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमका बीच एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल र एमएडब्लु एक्स्पान्जका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले संयुक्त रूपमा उक्त एसयूभीको अनावरण गर्नुभएको हो।
यो एसयूभी विशेष गरी स्टेयरिङ समात्दा प्राप्त हुने वास्तविक ड्राइभिङ अनुभवलाई प्राथमिकता दिने चालकहरूका लागि तयार पारिएको कम्पनीले जनाएको छ।
१.० लिटर र १.५ लिटर TSI इन्जिन विकल्पमा उपलब्ध यस गाडीमा ८-स्पिड अटोमेटिक ट्रान्समिसन र DSG ट्रान्समिसनको सुविधा छ, जसले उत्कृष्ट नियन्त्रण र सहज प्रतिक्रिया दिने क्षमता राख्छ। साथै, यस सेग्मेन्टमा विरलै पाइने पछाडिको सिटमा मसाज सुविधाले यात्रुलाई युरोपेली स्तरको आराम प्रदान गर्छ।
यसको मूल्य रु. ५७ लाख ९० हजारबाट सुरु हुने भएकाले विश्वस्तरीय ड्राइभिङ अनुभव नेपाली ग्राहकको सहज पहुँचमा आएको कम्पनीको दाबी छ। कम्पनीले ‘Promise of 12’ योजना अन्तर्गत देशभरका १२ वटै सेवा केन्द्रबाट वार्षिक मर्मतसम्भारको सुविधा समेत उपलब्ध गराएको छ, जहाँ हरेक १२ महिना वा १२,००० किलोमिटरमा केवल रु. १२,००० को निश्चित शुल्क लाग्ने व्यवस्था गरिएको छ।
कार्यक्रममा बोल्दै एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले कुशाकले युरोपेली इन्जिनियरिङलाई नेपाली सडकमा ल्याए पनि नेपाली ग्राहकलाई युरोपेली मूल्य तिर्न बाध्य नबनाएको उल्लेख गरे।
त्यस्तै, रौनक अग्रवालले उत्कृष्ट ड्राइभिङ अनुभव चाहने व्यक्तिहरूलाई यसका विशेषताहरू सुन्न मात्र नभई आफैँ अनुभव गर्न आमन्त्रण गरे। आधुनिक युरोपेली डिजाइन, उन्नत प्रविधि र सुरक्षालाई प्राथमिकता दिने स्कोडा नेपालले देशका विभिन्न सहरहरूमा शोरुम तथा सर्भिस नेटवर्क विस्तार गर्दै विश्वप्रसिद्ध मोबिलिटी सोलुसन्स नेपाली ग्राहकहरूलाई प्रदान गर्दै आएको छ।






डिसी नेपाल





Facebook Comment