सिटी एक्सप्रेस मनि ट्रान्सफर २०औं वर्षमा प्रवेश: वार्षिकोत्सवमा रक्तदान र उत्कृष्ट कर्मचारी पुरस्कृत
काठमाडौं। सिटी एक्सप्रेस मनि ट्रान्सफर १९ वसन्त पार गरी असार २७ गतेदेखि आफ्नो स्थापनाको २०औँ वर्षमा प्रवेश गरेको छ।
यसै शुभ अवसरमा कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रीय कार्यालयको प्राङ्गणमा एक खुला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो।
“रक्तदान जीवनदान – हामी सबैको योगदान” भन्ने मूल नाराका साथ कमलादीस्थित मुख्य कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा सर्वसाधारण तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
यस विशेष उत्सवका क्रममा कम्पनीले वर्षभरि उत्कृष्ट कार्य गर्ने आफ्ना कर्मचारीहरूलाई उचित पुरस्कारसहित सम्मानित समेत गरेको छ। उक्त समारोहमा सिटी एक्सप्रेसका ब्रान्ड एम्बेसेडर एवं चर्चित हास्य कलाकार जितु नेपालको समेत विशेष उपस्थिति रहेको थियो।
विगत १९ वर्षदेखि रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सिटी एक्सप्रेसले संसारभरबाट सुरक्षित रूपमा विपे्रषण सेवा प्रदान गर्दै आइरहेको छ। समयको मागसँगै प्रविधिमैत्री बन्दै गएको कम्पनीले हाल ‘सिटी पे वालेट’ मार्फत सहज अनलाइन भुक्तानी तथा रेमिटेन्स भुक्तानीको सेवासमेत सुचारु गरिसकेको छ।






डिसी नेपाल





Facebook Comment