फेरि ब्याटिङ नचल्दा नामिबियासँग हार

डिसी नेपाल
१ साउन २०७९ ६:२१
120
Shares

काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक शृंखलाको तेस्रो खेलमा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ। नामिबियाले प्रस्तुत गरेको दुई सय रनको लक्ष्य पछ्याएको नेपाल ३७.५ ओभरमा मात्र एक सय ३७ रनमा सीमित भयो।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन जोड्दा ओपनर आसिफ शेखले ३२ रन जोडे। त्यस्तै आदिल आलमले २० रन जोडे। अन्य ब्याटरले सम्हालिएको प्रदर्शन गर्न सकेनन्।

जारी शृंखलामा नेपालको यो दोस्रो हार हो। पहिलो खेलमा पनि नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले स्कटल्यान्डलाई पाँच विकेटले हराएको थियो। यसअघि टस जितेर ब्याटिङका लागि आएका नामिबियाले ४९.१ ओभरमा सबै विकेट गुमाएर एक सय ९९ रनको योगफल तयार पारेको थियो।

नामिबियाका कप्तान जेरार्ड इरास्मसले ५३ रनको अर्धसतकीय इनिङ खेले। उनले ७० बलमा चार चौका र एक छक्का प्रहार गरे। यसबाहेक, डेविड वाइजेले ३४ डिभान ला ककले २७ र जेजे स्मिथले समान २७ रन बनाए । यस्तै, जन निकोल लोफ्टी इटोन र रुबेन ट्रम्पेलम्यानले १९–१९ रन बनाए।

नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए। किफायती बलिङ गरेका सन्दीपले १० ओभरमा ३ भन्दा तलको इकोनोमीसहित २९ रन मात्र खर्चिए। सोमपाल कामीले र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिँदा बसिर अहमेद एक विकेट हात पारे।

लिग २ मा १९ खेल खेलेको नेपाल १७ अंकसहित तालिकाको छैटौं स्थानमा झरेको छ। नेपालमाथिको जितपछि नामिबिया भने १८ खेलमा १८ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *