आइतबार सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार छापावाला सुनको मूल्य ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ।
शुक्रबार प्रति तोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सयले घटेर प्रति तोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९३ हजार १ सय रुपैयाँ निर्धारण भएको छ।
यता चाँदीको प्रति तोला १ हजार १ सय ६० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको हो। शुक्रबार चाँदी प्रति तोला १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment