बरुण हाइड्रोपावर कम्पनीको शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

डिसी नेपाल
१ साउन २०७९ १०:५०
108
Shares

काठमाडौं। बरुण हाइड्रोपावर कम्पनीको १०० प्रतिशत हकप्रद सेयर दाबी गर्नका लागि साउन १ गते सम्ममा सेयरधनी बनिसक्नुपर्नेछ। १०० प्रतिशत हकप्रद निष्कासनका लागि कम्पनीले सोमबार बुक क्लोज गर्दैछ । बरुणले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ।

बोर्डले बरुणलाई १ः१ अनुपातमा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिइसकेको छ। अब कम्पनीले छिट्टै हकप्रद निष्कासन प्रकृया अघि बढाउनेछ। कम्पनीले हाल कायम २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ चुक्ता पूँजीमा शतप्रतिशत हकप्रद बिक्री गर्न लागेको हो। यसमा एनआईबीएल एस क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.