झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आज नेप्से १.९३ अंकले बढेर २ हजार ०११.३९ विन्दुमा बढेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २१० कम्पनीको ३० लाख ४५ हजार ८८९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २३ करोड २४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावरको भएको छ। यसको आज ६ करोड ४ लाख भन्दा बढीको कारोबार भएको छ।
बिहिबारको कारोबारमा १३ वटै उपसुचकमध्य ५ वटा उपसुचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ। आजको कारोबारमा राधी विद्युत कम्पनी र प्रभु बैंकका लगानीकर्ताले पनि अत्याधिक कमाएका छन्। भने, प्रभु सेलेक फण्ड र सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment