सिद्धार्थ बैंकको श्रीवृद्धि मुद्दती खातामा १० गुणासम्म प्रतिफल
काठमाडौँ। सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरुको आवश्यकता र मागहरुलाई ध्यानमा राखेर निक्षेप रकमको १० गुणासम्म प्रतिफल प्राप्त हुने ‘सिद्धार्थ श्रीवृद्धि मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ। व्यक्तिगत, संस्थागत एवं रेमिन्ट्यान्स ग्राहकवर्गहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दती खातामा न्यूनतम १० हजार जम्मा गरी खाता खोल्न सकिने छ।
यस मुद्दती खातामा ग्राहकवर्गहरुले बैंकद्वारा तोकिएको समयावधि पश्चात् आफ्नो साँवा रकमको २ गुणा देखि १० गुणा सम्मको प्रतिफल प्राप्त गर्न सक्ने छन्। यसका अतिरिक्त, ग्राहकवर्गहरुले आफ्नो साँवा रकमको ९० प्रतिशत सम्मको कर्जा सुविधा पाउनुका साथै १०० प्रतिशतसम्मको क्रेडिट कार्ड सुविधा समेत प्राप्त गर्न सक्ने छन्। ग्राहकवर्गहरुलाई उक्त क्रेडिट कार्ड जारी गर्दा कुनै पनि शुल्क लाग्ने छैन।
सिद्धार्थ बैंककोे १९० शाखा कार्यालयहरुबाट सहजै यो मुद्दती खाता खोल्न सकिने छ। यस खाता बारे विस्तृत जानकारी नजिकैको शाखा कार्यालय वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरमा निम्न उल्लेखित माध्यमबाट सम्पर्क गरी प्राप्त गर्न सक्नेछन्।







डिसी नेपाल








Facebook Comment