आदर्श लघुवित्तको सेयर कारोबार हुन सकेन

डिसी नेपाल
३ साउन २०७९ १३:०८
92
Shares

काठमाडौं। आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार मंगलबार खुला हुन सकेन। स्पेसल प्रि–ओपन सेसनमा अर्डर म्याच नभएपछि कारोबार खुला हुन नसकेको हो।

यस सेसनमा पहिलो कारोबार भएपछि मात्र नियमित कारोबार हुनसक्ने व्यवस्था छ। अब बुधबार कारोबार म्यच भएपछि मात्र यसको नियमित कारोबार खुल्नेछ। आदर्शको चुक्ता पुँजीका आधारमा कायम दुइृ लाख सात हजार कित्ता सेयर सोमबार सूचीकृत भएको हो।

नेप्सेले आदर्शको ओपनिङ रेन्ज पनि तोकेको छ। जसअनुसार पहिलो कारोबार न्यूनतम १२२ रुपैयाँ ८८ पैसादेखि अधिकतम ३६८ रुपैयाँ ६४ पैसाभित्र रहेर हुनेछ। एडीएलबी’ संकेतमा यसको सेयर कारोबार खुला हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.