एसवाई प्यानलले टिकटक प्रतियोगिता गर्दै, पुरस्कार आठ लाख ८५ हजार

डिसी नेपाल
३ साउन २०७९ १४:४२
592
Shares

काठमाडौं। कोरियन प्रविधिको स्यान्ड्विज प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपालले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगितामा भाग लिने प्रतियोगीहरूले कम्पनीको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनु पर्नेछ। ६ साउनदेखि ६ भदौसम्म भिडियो पोस्ट गरिसक्नु पर्नेछ।

विजेताले डेढ लाख नगद पाउनेछन्। दोस्रो हुने दुई जनाले प्रतिव्यक्ति एक लाख नगद पाउनेछन्। यस्तै तेस्रो हुने तीन जनाले प्रतिव्यक्ति ७५ हजार पाउनेछन् भने चौँथो हुने चार जनाले ४० हजार र पाचौं हुने पाँच जनाले ३० हजारका दरले पुरस्कार पाउने एसवाई प्यानलका महाप्रबन्धक शशी साहले जानकारी दिए।

प्रतियोगिताका उत्कृष्ट भिडियो छनौट गर्दा ३० प्रतिशत लाइकलाई, ४० प्रतिशत सिर्जनात्मक र निर्णायकको आधारमा र १० प्रतिशत मोस्ट भिउज, मोस्ट सेयर, मोस्ट कमेन्टको आधारमा गरिनेछ।

१० भदौमा पुरस्कार वितरण गरिने प्रतियोगिताको भिडियो सिर्जनात्मक र सभ्य हुनु पर्ने आयोजकले जनाएको छ। आयोजकमा अनुसार नेपाल सरकारको नियमअनुसार लाग्ने कर विजेता स्वयंले ब्यहोर्नु पर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.