अमेरिकामा समलिंगी विवाहलाई मान्यता दिने विधेयक पारित

डिसी नेपाल
४ साउन २०७९ ७:००
60
Shares

न्युयोर्क। अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले समलिंगी विवाहलाई संघीय सुरक्षा प्रदान गर्ने विधेयक पारित गरेको छ। सर्वोच्च अदालतले त्यस्ता मान्यता दिने विधेयकलाई फिर्ता गर्ने त्रासबीच तल्लो सदनले विधेक पारित गरेको हो।

दि रेस्पेक्ट फर म्यारिज एक्ट डेमोक्रर्याटिकको प्रभुत्व रहेको सदनबाट पारित भएको हो। विधेयकको पक्षमा २६७ र विपक्षमा १५७ मत परेको थियो । तर, विधेयक सिनेटबाट पारित हुने बारेमा अनिश्चित छ।

बिधेयक पारित गर्न ४७ रिपब्लिकन सांसदहरू डेमोक्र्याटहरूसँगै सामेल भएका थिए। विद्येयकको पक्षमा उनीहरु सहभागी हुँदा सदनमा तालिको गडगडावट सुनिएको थियो। १०० सदस्य रहेको सिनेटमा ५० सिटमा डेमोक्रर्याट छन् । नयाँ विधेयकले अमेरिकी राज्यहरूलाई अर्को राज्यमा गरिएको वैध विवाहलाई मान्यता दिन बाध्य पार्छ। यसले समलिङ्गी युनियनहरूलाई मात्र होइन अन्तरजातीय विवाहहरूलाई पनि सुरक्षा प्रदान गर्दछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *