घट्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस् यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
४ साउन २०७९ ९:२८
816
Shares

काठमाडौँ। बुधबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ६१ पैसा र बिक्री दर १२८ रुपैयाँ २१ पैसा कायम गरेको छ। मंगलबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ६६ पैसा र बिक्री दर १२८ रुपैयाँ २६ पैसा रहेको थियो।

युरोपियन यूरो एकको खरिद दर १३० रुपैयाँ ८६ पैसा र बिक्री दर १३१ रुपैयाँ ४७ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ ३९ पैसा र बिक्री दर १५४ रुपैयाँ ११ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्री दर १३१ रुपैयाँ ३५ रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ०१ पैसा र बिक्री दर ८८ रुपैयाँ ४२ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ २७ पैसा र बिक्री दर ९ रुपैयाँ ३२ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९३ पैसा र बिक्री दर १९ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ९८ र बिक्री दर ३४ रुपैयाँ १४ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ८८ पैसा र बिक्री दर ३५ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७५ पैसा र बिक्री दर ९ रुपैयाँ ७९ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.