नेपाल एसबीआई बैंकको ऋणपत्रमा भर्ने अन्तिम मौका

डिसी नेपाल
४ साउन २०७९ ११:०२
292
Shares

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने साउन ४ गते अन्तिम दिन रहेको छ। कम्पनीले ५ वर्षे अवधिकोे वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ‘नेपाल एसबीआई बैंक ऋणपत्र २०८३’ असार २२ गतेदेखि निष्कासन गरेको हो। कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका रु ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो।

सोमध्य १२ लाख कित्ता सर्वसाधारणलाई विक्री गरिएको छ भने बाँकी १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने कम्पनीले जनाएको छ। सो ऋणपत्रमा कुनै पनि सामूहिक लगानी कोषले आवेदन दिएका छैनन्।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरीदका लागि आवेदन दिन सकिने विक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.