४.८९ अंकले बढ्याे नेप्से, १ अर्व ७३ करोडमाथिको कारोबार
काठमाडौं। साताको कारोबारको चौथौ दिन बुधबार सेयर बजार बढेको छ। आज नेप्से ४.८९ अंकले बढेर २ हजार ०५०.५९ विन्दुमा बढेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २१५ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७३ करोड १८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ। यसको आज १६ करोड ४२ लाख भन्दा बढीको कारोबार भएको छ।
सोमबारको कारोबारमा १३ वटै उपसुचकमध्य ४ उपसुचक घटेको छ भने बाँकी सबै उपसूचक बढेको छ। आजको कारोबारमा मल्टीपर्पोज फाइनान्स र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि अत्याधिक कमाएका छन्। भने, लक्ष्मी इक्युती फण्ड र इमर्जिङ्ग नेपालका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment