ढिला गरि सुरु भयो एन्फा कार्यसमिति बैठक
काठमाडौँ। पंकजबिक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएपछी दोस्रो पटक आज (बिहिवार) कार्यसमिति बैठक सुरु भएको छ।
सातदोबाटो स्थित एन्फा मुख्यालयमा बिहान सात बजेलाई बैठक बोलाएपनी ढिला गरि ८:३० मा मात्रै सुरु भएको थियो।
गत सोमबार बैठक बोलाइएपनी अन्तिम समयमा अध्यक्ष नेम्बाङ अस्वस्थ भएपछी बैठक स्थगित भएको थियो।
बैठकमा विविधसहित १२ बुदामा एजेन्डा राखिएको छ। जसमा बिबादिद नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप मुख्य एजेन्डा रहेको छ।
पछिलो समय पदाधिकारी नियुक्तिमा भने निकै पेचिलो बनेको छ। कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै एन्फा हाक्न आएका पंकज आज निकै दवावमा पर्न सक्छन्।
तीन समूहलाई समेट्दै गर्ने नियुक्ति नै कठिन रहेको छ । सिइओ, प्रवक्ता, उपमहासचिब, तीन सहमहासचिब, मानार्थ अध्यक्ष सहित विभिन्न पदमा आज नियुक्ति हुँदैछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment