नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्री खुला

डिसी नेपाल
५ साउन २०७९ १३:०६
28
Shares

काठमाडौं। नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि संस्थापक सेयर बिक्री खुला गरेको छ।

कम्पनीले संस्थाका संस्थापक सेयरधनी माला राजभण्डारीको नाममा रहेको ४ हजार ५६१ कित्ता, गायत्री सुवालको नाममा रहेको २ हजार ५३४ कित्ता र शोभा तण्डुकारको नाममा रहेको ५ हजार ७०२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो।

उक्त संस्थापक सेयरमा इच्छुक विद्ययमान शेयरधनी तथा सर्वसाधारणले आजका मितिदेखि ७ दिनभित्र आवश्यक कागजातसहित संस्थाको केन्द्रीय कार्यालय निलकण्ठ–३ धादिङबेशी, धादिङमा निवेदन दिनुपर्नेछ।

यसअघि १९ जेठदेखि बिक्रीमा ल्याएको उक्त संस्थापक सेयरमा संस्थापक सेयरधनीबाट ३५ दिनमा कुनै निवेदन प्राप्त नभएकोले संस्थाले पुनः बिक्रीमा ल्याएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.