साफ यू-२० नेपाली टोली भारत प्रस्थान
काठमाडौं । जुलाई २५ देखि भारतमा आयोजना हुने साफ यू-२० पुरुष च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार यू-२० टोलीलाई बिदाइ गरेको हो ।
विदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ लगायत एन्फाका पदाधिकारीले टोलीलाई बिदाइ गरेका छन्।च्याम्पियनसिपमा आयोजक भारत सहित नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता जनाएको छ ।
प्रतियोगितामा नेपालको कप्तानी सिनियर टोलीका सदस्य आयुष घलानले गर्ने छन् । नेपालले पहिलो खेल उद्घाटन खेलमा माल्दिभ्ससँग खेल्नेछ। त्यसपछि दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा प्रतिष्पर्धा गर्नेछ ।
जुलाई ३१ मा भारत र अगस्ट २ बंगलादेशसँग अन्तिम खेल खेल्नेछ ।शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा गर्नेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment