श्रीलंकामा सरकारविरोधी प्रदर्शनकारीको शिविरमा सेनाको छापा

डिसी नेपाल
७ साउन २०७९ ६:५६
340
Shares

कोलम्बो। श्रीलंकामा सुरक्षा बलहरूले राजधानीको मुख्य सरकार विरोधी प्रदर्शन शिविरमा छापा मारेर प्रदर्शनकारीहरूलाई गिरफ्तार गर्नुका साथै पालहरू भत्काएका छन्। सयौँ सेना र प्रहरी कोलम्बोमा राष्ट्रपति कार्यालयबाहिर बसेका प्रदर्शनकारीहरूमाथि जाइलागेका हुन्।

दुई घाइतेसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले घटनालाई ‘राष्ट्रपति सचिवालयको नियन्त्रण फिर्ता लिने विशेष अभियान’ भनेको छ। प्रहरी कारबाहीमा एक सञ्चारकर्मी पनि घाइते भएका छन्।

पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे गत साता देश छाडेपछि रनिल विक्रमासिंघेले बिहीबार राष्ट्रपति पदको सपथ लिएका थिए।

६ पटक प्रधानमन्त्री भइसकेका विक्रमासिंघे जनतामाझ अलोकप्रिय व्यक्तिको रूपमा हेरिन्छन्। उनले प्रदर्शनकारीविरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। विक्रमासिंघेले बिहीबार राष्ट्रपतिको सपथ लिएपछि विरोध प्रदर्शन मत्थर भएको छ । राष्ट्रपतिलाइ देशलाई आर्थिक संकटबाट बाहिर निकाल्ने मौका दिने प्रदर्शनकारीले बताएका छन्।

यसैबीच, राजापाक्षेका वफादार तथा वरिष्ठ राजनीतिज्ञ दिनेश गुणवर्द्धनाले प्रधानमन्त्रीको सपथ लिएका छन्। विक्रमासिंघेको पुरानो जुत्तामा पाइला राख्दै नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *