कांग्रेस नीति प्रतिष्ठानको बैठक बिहीबार बस्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सातौँ बैठक आउँदो बिहीबार बिहान साढे ८ बजे बस्ने भएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगरमा उक्त बैठक बस्न लागेको हो।
पार्टीका कायममुकायम मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनामार्फत प्रतिष्ठानका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकका लागि निर्धारित समयमै कार्यक्रम प्रारम्भ हुने भएकाले समयमै उपस्थित हुन सूचनामा विशेष जोड दिइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment