राष्ट्रपति पौडेलद्वारा विभिन्न देशका राजदूतको ओहोदाको प्रमाणपत्र ग्रहण
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका नवनियुक्त राजदूतबाट ओहोदाको प्रमाणपत्र ग्रहण गरेका छन्।
राष्ट्रपति पौडेलले बुधबार शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा थाइल्यान्डका राजदूत डोनावित पुल्सावात, ब्राजिलका राजदूत क्लाउडियो राजा गाबाग्लिया लिन्स, फ्रान्सकी राजदूत फ्रान्स्वाज पुुइग–इन्जा, पाकिस्तानका राजदूत मोहम्मद आमिर खान र दक्षिण कोरियाका राजदूत पार्क जे–क्युङबाट ओहोदाको प्रमाणपत्र ग्रहण गरेका हुन्।
पाँचै राजदूतले आ–आफ्नो देशको प्रतिनिधिका रूपमा नेपालमा जिम्मेवारी सम्हाल्नुअघि राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment