नेप्सेमा गिरावट, ४ अर्ब ७६ करोडको कारोबार

डिसी नेपाल
१४ असोज २०८३ १६:२९

काठमाडौं। नेप्सेमा आज पनि गिरावट आएको छ। आज बुधबार नेप्से ४.८२ अंकले घटेर २८९८.८९ विन्दुमा पुगेर रोकिएको छ।

आज ३५२ कम्पनिका एक करोड २६ लाख ५५ हजार ३७४ कित्ता शेयर ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार ८८५ मा कारोबार भएको थियो। आज हाइड्रो, म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ।

आज, सबैभन्दा बढी सिन्धु विकास बैंकको शेयर १४.३७ प्रतिशतले बढेको छ भने सयपत्री हाइड्रोको शेयर ८.४१ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी सानिमा ग्रोथ फण्डको शेयर ३.७८ प्रतिशतले घटेको छ।

त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको ३९ करोड ४८ लाख बराबरको कारोबार भएको छ भने पिपुल्स हाइड्रोको २२ करोड ८३ लाख बराबरको कारोबार भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *