युएईका राष्ट्रपति शेख मोहम्मदको एउटा भिडियो भाइरल

डिसी नेपाल
७ साउन २०७९ १३:३२
404
Shares

काठमाडौं । युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको भेटमा राष्ट्रपति शेख मोहम्मद बिन जायदले उनलाई फ्रान्सको पहिलो आधिकारिक भ्रमणका तस्बिरहरू देखाउँछन्।

यस भिडियोमा शेख मोहम्मदले देखाउँदैछन् कि कसरी उनी सन् १९७५ मा आफ्नो स्वर्गीय पिता शेख जायदसँग पहिलो पटक पेरिस आएका थिए ।

तस्बिरमा शेख मोहम्मद आफ्ना बुबाको पछाडि उभिरहेका छन्। त्यतिबेला उनको उमेर १४ वर्ष मात्र थियो । तस्बिरमा शेख मोहम्मदले टाई पनि लगाएका छन्, जसको तारिफ गरेको सुन्न सकिन्छ ।

भिडियोमा म्याक्रोनकी श्रीमती ब्रिजिटले शेख मोहम्मदलाई भनिरहेकी छिन् कि तपाई बिल्कुलै परिवर्तन भएको छैन, जसको जवाफमा उनले धन्यवाद भनेका छन् ।

युएईका राष्ट्रपतिका सांस्कृतिक सल्लाहकार जाकी नुसेबेहले उक्त भिडियो बिहीबार सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *