युक्रेनको अनाज प्रशोधन केन्द्रमा रुसी मिसाइल हमला
किभ। रुसी मिसाइल आक्रमणले ओडेसास्थित अनाज प्रशोधन केन्द्रहरूलाई लक्षित गरेको युक्रेनी सेनाका प्रवक्ताले जनाएका छन्। बन्दरगाहबाट अन्न निर्यातका लागि युद्धरत पक्षबीच सहमति भइरहेका बेला रुसले प्रशोधन केन्द्रमा मिसाइल प्रहार गरेको हो।
‘ओडेसा बन्दरगाहमा विशेष गरी खाद्यान्न ढुवानी भइरहेको ठाउँमा प्रहार भएको थियो। दुईवटा क्षेप्यास्त्रले बन्दरगाहको पूर्वाधारमा प्रष्ठसँग प्रहार गरेको थियो। प्रहार गरिएको ठाउँमा अनाज थियो’, सैन्य प्रवक्ता युरी इग्नाटले भने।
युक्रेन र रुसले किभलाई ब्ल्याक सि हुँदै अन्न निर्यात गर्ने एउटा सम्झौतामा शनिबार हस्ताक्षर गरेका थिए । यो सम्झौतासँगै युद्धका कारण युक्रेनमा रहेको दशौँ लाख टन्न अन्न निर्यात गर्ने बाटो खुलेको छ।
टर्कीले ब्ल्याक सी हुँदै युक्रेनबाट हुने अन्नको निर्यात पुनः सुरु गर्न रुससँग सम्झौता गरेको जनाएको छ । सम्झौतामा युक्रेन, रुस, टर्की र राष्ट्रसंघका महासचिवले इस्तानबुलमा हस्ताक्षर गरेका थिए ।
सहमतिअनुसार ढुवानी ट्रान्जिटमा हुँदा रसियाले बन्दरगाहहरूलाई निशाना बनाउने छैन् । युक्रेनी जहाजहरूले मालवाहक जहाजलाई मार्गनिर्देशन गर्नेछन् ।
संयुक्त राष्ट्रसंघको सहयोगमा टर्कीले जहाजहरु को निरीक्षण गर्नेछ । त्यस्तै, ब्ल्याक सीमार्फत अन्न र मल को रूसी निर्यात को सुविधा गरिनेछ । युक्रेन संकटका कारण विश्वमा खाद्यान्न आपूर्तिमा अभाव देखिएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment