युक्रेनी अन्न प्रशोधन केन्द्रमा रुसी हमलापछि अमेरिकाले भन्यो — अन्न निर्यात हुनेमा आशंका बढ्यो
न्युयोर्क। अमेरिकाले युक्रेनी ब्ल्याक सी बन्दरगाहमा रूसी मिसाइल आक्रमणको निन्दा गर्दै अन्न निर्यात पुनः सञ्चालन गर्न युक्रेन र रुसबीच भएको सम्झौतामा रुसी प्रतिबद्धताप्रति गम्भीर शंका उत्पन्न भएको जनाएको छ।
‘आक्रमणले हिजोको सम्झौतामा रुसी प्रतिबद्धताको विश्वसनीयतामा गम्भीर शंका उत्पन्न गरेको छ। विश्व बजारमा खाद्यान्न उपलब्ध गराउन संयुक्त राष्ट्र, टर्की र युक्रेनको कार्यलाई नजरअन्दाज गरेको छ’, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले एक विज्ञप्तिमा भनेका छन्।
रुसले ओडेसा बन्दरगाहमा रकेट प्रहार गरेको युक्रेनी सैन्य प्रवक्ता युरी इग्नाटले बताएका थिए। युक्रेन र रुसले किभलाई ब्ल्याक सि हुँदै अन्न निर्यात गर्ने एउटा सम्झौतामा शनिबार हस्ताक्षर गरेका थिए। यो सम्झौतासँगै युद्धका कारण युक्रेनमा रहेको दशौँ लाख टन्न अन्न निर्यात गर्ने बाटो खुलेको थियो। सम्झौतामा युक्रेन, रुस, टर्की र राष्ट्रसंघका महासचिवले इस्तानबुलमा हस्ताक्षर गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment