टिकटक लाइभ स्ट्रिममा पूर्व पत्नीलाई आगो लगाउने चिनियाँलाई मृत्युदण्ड

डिसी नेपाल
८ साउन २०७९ ११:२४
116
Shares

बेइजिङ। आफ्नी पूर्वपत्नीलाई टिकटक लाइभ स्ट्रिमको क्रममा जलाएर हत्या गरेको अभियोगमा दोषी ठहरिएका एक चिनियाँलाई मृत्युदण्ड दिइएको छ।

उनलाई दक्षिणपश्चिम सिचुआन प्रान्तमा अदालतको आदेशमा लु नाम गरेका व्यक्तिलाई शनिबार मृत्युदण्ड दिइएको हो।

सन् २०२१ मा जानाजानी हत्याको लागि उनीमाथि मृत्युदण्डको सजाय सुनाइएको थियो। न्गावा तिब्बती र छियाङ स्वायत्त प्रिफेक्चर मध्यवर्ती जनअदालतका अनुसार उनले गरेको अपराध निकै पाशविक थियो र लु सबैभन्दा कठोर सजायका लागि योग्य थिए।

लु र उनकी श्रीमती लामु एघार वर्ष सँगै बसेपछि सन् २०२० को जुनमा छुट्टिएका थिए । दुवैले टिकटकको चिनियाँ संस्करण डोउयिनमा प्रभावकारी रूपमा काम गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *