मस्को प्रस्तावित सम्झौतामा ट्वीटरले खर्च गर्यो ३३ मिलियन डलर
न्युयोर्क। ट्वीटरले अप्रिल र जुनको बीचमा सामाजिक सञ्जाल किन्ने एलन मस्कको प्रस्तावित सम्झौतामा ३३ मिलियन डलर खर्च गरेको जनाएको छ। टेस्ला मालिक मस्कले हालसालै ट्वीटरसँगको सम्झौता परिवर्तन गर्ने इच्छा देखाएका थिए। तर, ट्वीटर पूर्ववत सम्झौताअनुसार अगाडि बढ्न चाहन्छ। तसर्थ, दुई पक्षबीच मतभेद बढ्दा यो विषय अदालतसम्म पुगेको छ।
सन् २०२२ को अप्रिलदेखि जुनसम्म सक्रीय प्रयोगकर्ताको संख्या २३७ मिलियन पुगेको तर २७० मिलियन नै कुल घाटा भएको कम्पनीले जनाएको छ। मस्क सम्झौताबाट पछि हट्दा १ अर्ब डलर टर्मिनेसन शुल्कको जोखिम रहेको बीबीसीले जनाएको छ।
फर्मले स्पाम र नक्कली खाताहरूको विषयमा आफ्नो अडान कायमै राखेको छ । सोही विषयलाई लिएर मस्क सम्झौताबाट भागेका थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment