‘ओडेसामा युक्रेनी युद्धपोत र अमेरिकी हतियारको भण्डार नष्ट गरियो’
काठमाडौं । रुसले ओडेसा बन्दरगाहमा गरेको मिसाइल आक्रमणमा युक्रेनी युद्धपोत र अमेरिकाले उपलब्ध गराएको हतियार ध्वस्त गरेको बताएको छ ।
ओडेसामा रूसको मिसाइल आक्रमणले रूस-युक्रेन अन्न सम्झौतामा नकारात्मक असर पार्न सक्छ। गत शनिबार मात्र रुस र युक्रेनबीच सम्झौता भएको थियो ।
उक्त सम्झौतामा रुसले युक्रेनको बन्दरगाहमा आक्रमण नगर्ने भनिएको थियो जहाँबाट कालो सागर हुँदै खाद्यान्न आपूर्ति गरिने थियो ।
रुसी रक्षा मन्त्रालयले भन्यो, “रूसी सेनाले ओडेसा बन्दरगाहमा पार्क गरिएको युक्रेनी युद्धपोतमा हमला गरेको थियो, जसमा त्यो पूर्ण रूपमा ध्वस्त भएको थियो। यससँगै युक्रेनमा ल्याइएको अमेरिकी हतियारको खेप पनि त्यहाँ नष्ट भएको थियो।”
यसअघि रुसी विदेशमन्त्रीका प्रवक्ता मारिया जाखारोभाले रुसी कालिब्र मिसाइलले युक्रेनको ‘गस्ती डुङ्गा’ आक्रमणमा ध्वस्त पारेको बताइन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment