वेस्ट इन्डिजविरुद्ध भारतलाई एक खेल अघि शृंखला
काठमाडौं। रोमाञ्चक दोस्रो खेलमा दुई विकेटको जित निकाल्दै भारतले वेस्ट इन्डिजविरुद्धको तीन एकदिवसीय शृंखला एक खेल अघि नै कब्जा गरेको छ।
आइतबार राति ३१२ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४९।४ ओभरमा ८ विकेट गुमाउँदै रोमाञ्चक जित निकाल्यो।
भारतका अक्षर पटेलले आक्रमक ब्याटिङ गर्दै ६४ रन बनाए । यस्तै, श्रेयस ऐर ६३ रन, सञ्जु स्यामसन ५४ रन, सुभमन गिलले ४३ रनको योगदान गरे । वेस्टइन्डिजका अल्जारी जोशेफ र काइल मेयर्सले समान दुई विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले ५० ओभरमा ६ विकेट गुमाएर ३११ रन बनायो । वेस्टइन्डिजका ओपनर शाई होपले सर्वाधिक ११५ रन बनाए । कप्तान निकोलस पुरनले ७४ रन बनाए । भारतका बलर शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट लिए।
भारतले पहिलो खेल तीन रनले जितेको थियो । अब, अन्तिम खेल बुधबार हुनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment