क्यालिफोर्निया डढेलोः ६ हजार जनालाई सुरक्षित क्षेत्रमा लगियो

डिसी नेपाल
९ साउन २०७९ ७:१४
72
Shares

न्युयोर्क। अमेरिकाको क्यालिफोर्नियामा लागेको डढेलोका कारण ६ हजार मानिसलाई खाली गरिएको छ। राज्यको योसेमिटी राष्ट्रिय निकुञ्जनजिकै तीव्र रूपमा डढेलो फैलिएपछि मारिपोस काउन्टीमा आपत्कालसमेत घोषणा गरिएको छ।

आगो नियन्त्रण गर्न २ हजार अग्नि नियन्त्रक र १७ ओटा हेलिकोप्टर परिचालन गरिएका क्यालिफोर्निया डिपार्टमेन्ट अफ फोरेस्ट्री एण्ड फायर प्रोटेक्सनले जनाएको छ।

१४ हजार २ सय हेक्टर क्षेत्रमा फैलिएको आगो अहिलेसम्म कुनै नियन्त्रणमा नआएको प्राप्त विवरणहरुमा जनाइएको छ। तातो र न्यून आद्रताका कारण डढेलो निभाउने भइरहेका प्रयासमा असर गरेको जनाइएको छ।

डढेलेमा केही सवारी साधनसमेत जलेका छन्। आगलागीमा जलेर १० ओटा घर ध्वस्त भएको बीबीसीले जनाएको छ। सुक्खा र गर्मी मौसमका कारण डढेलो फैलिएको क्यालिफोर्नियाका गर्भनरले जानकारी दिएका छन्। मारिपोसमा ३५ दशमलब ५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *