कट्रिना कैफ र विक्की कौशललाई ज्यान मार्ने धम्की, प्रहरीले मुद्दा दर्ता गर्‍यो

डिसी नेपाल
९ साउन २०७९ १४:२५
588
Shares

काठमाडौं । मुम्बई प्रहरीले कट्रिना कैफ र विक्की कौशललाई ज्यान मार्ने धम्की दिएको आरोपमा मुद्दा दर्ता गरेको छ । समाचार एजेन्सी एएनआईका अनुसार पुलिसले यो मुद्दा अज्ञात व्यक्तिहरू विरुद्ध दर्ता गरेको छ। यो मुद्दा मुम्बईको सान्ता क्रुज पुलिस स्टेशनमा दर्ता गरिएको छ।

मुम्बई पुलिसका अनुसार यस मामिलामा अनुसन्धान सुरु गरिएको छ। कट्रिना कैफ र विक्की कौशललाई सामाजिक सञ्जालमा यो धम्की आएको छ । प्रहरीले इन्स्टाग्राममा विक्की र कट्रिनालाई धम्की आएको पनि बताएको छ । प्रहरीले आईटी ऐन अन्तर्गत यो मुद्दा दर्ता गरेको छ। कट्रिना कैफ र विक्की कौशलले गत वर्ष डिसेम्बरमा विवाह गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *