नेप्सेमा हरियाली, ५४.४५ अंकले बढ्यो

डिसी नेपाल
९ साउन २०७९ १५:२४
76
Shares

काठमाडौं। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ। आज नेप्से ५४.४५ अंकले बढेर २ हजार १३२.९६ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २१४ कम्पनीको ९९ लाख ४४ हजार ४८ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब १० करोड ६८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ। यसको आज  १५ करोड २९ लाखभन्दा बढीको कारोबार भएको छ।

सोमबारको कारोबारमा १३ वटै उपसुचक बढेको छ। आजको कारोबारमा नारायण डेभलपमेन्ट बैंक र मल्टीप्रपोज फाइनान्सका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, मन्जुश्री फाइनान्स ऋणपत्र र केबिएल ऋणपत्रका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.