सेयर बजारमा छायो हरियाली, यी कम्पनीका लगानीकर्ताले कमाए अत्याधिक मुनाफा
काठमाडौं। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ। सोमबार नेप्से परिसूचक ४.४५ अंकले बढेर २ हजार १३२.९६ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २१४ कम्पनीको कारोबारमा १० कम्पनीको सेयर भाउ अत्याधिक बढेको छ । सेयर भाउ बढ्नेमा नारायण डेभलपमेन्ट बैंक, मल्टीप्रपोज फाइनान्स, सुर्योदय वोमी लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, युनाइटेड मोदी हाइड्रोपावर, मानुषी लघुवित्त र बलेफीहाइड्रो पावरको सेयर भाउ १० प्रतिशतले वृद्धि भएको छ।
यस्तैगरी, समृद्धि फाइनान्सको ९.९८ प्रतिशत, गोर्खाज फाइनान्सको ९.९६ प्रतिशत र गुहेश्वरी मर्चेन्टको ९.९४ प्रतिशत सेयर भाउ वृद्धि भएको छ। यी कम्पनीका लगानीकर्ताले अधिक आम्दानी गरेको छ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment