रामेछापस्थित खिम्ती खोलामा बाढीको खतरा बढ्यो

डिसी नेपाल
१० साउन २०७९ ७:४३
104
Shares

काठमाडौं। रामेछापस्थित खिम्ति खोलामा जलसतहले सतर्कता तह पार गरेको छ। रसनालु जलमापन केन्द्रमा जलसतहले सतकर्ता पार गरेपछि तटीय क्षेत्रका वासिन्दालाई अलर्ट एसएमएस पठाइएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार त्यहाँ थप वर्षा हुने भएकाले जलसतह थप बढ्नसक्ने जोखिम छ। सोमबार राति कास्कीको घलेखर्क वर्षामापन केन्द्र र आसपासमा भारी वर्षा मापन भएको छ। घलेखर्क, पुरनचौर, भुर्जुङ खोला र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको महाशाखाले जनाएको छ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर छ भने पूर्वमा सरदर स्थान आसपासमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *