ज्योति लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक

डिसी नेपाल
१० साउन २०७९ ९:२०
552
Shares

काठमाडौँ। ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर कायम गरेको छ। कम्पनीले बीमा समितिबाट श्रावण ६ गते स्वीकृत भएअनुसार विभिन्न प्रकारका बीमा योजनाहरूको आर्थिक वर्ष २०७७/७८ को बोनस दर सार्वजनिक गरेको हो।

कम्पनीले सावधिक तथा आजीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४३ रूपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस कायम गरेको छ। यस्तै, कम्पनीको सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन्।

त्यसैगरी, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४३ रूपैयाँदेखि अधिकतम ५० रूपैयाँसम्म बोनस पाइनेछ। कम्पनीको ज्योति एजी पे जीवन बीमा योजनामा प्रति हजार न्यूनतम २० रूपैयाँदेखि अधिकतम ३० रूपैयाँसम्म बोनस प्राप्त गर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.