एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त
काठमाडौँ। एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त भएका छन्। उनलाई एफवान ग्रुपको सञ्चालक समितिको बैठकले नियुक्त गरेको हो। सोहम ढकाल यस अघि एक उद्यमीका रुपमा चर्चित व्यक्तित्व हुन्। उनीसंग २४ वर्ष भन्दा बढि सफल उद्यमीको रुपमा अनुभव छ।
ढकालले अमेरिकाको ओराकल सर्नर कर्पोरेशनबाट आफ्नो करियर सुरु गरेका थिए। नेपाल फर्केपछि उनी एक सफल उद्यमी बन्न सफल भए। उनले साना किसान सहकारीलाई सफ्टवेयर उपलब्ध गराउनेदेखि विभिन्न किसिमका सफ्टवेयर निर्माण गरे। उनी यसअघि भायानेटको प्रमुख सञ्चालन अधिकृतको रुपमा समेत कार्यरत थिए। उनले कम्प्युटर विज्ञान र गणितमा स्नातक गरेका छन्।
एफवान सफ्टमा आवद्ध भएसँगै उनले कम्पनीलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। सफट्वेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आईटी कम्पनी मध्येको एक हो। सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ। एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो।







डिसी नेपाल








Facebook Comment