४४.८० अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ। आज नेप्से ४४.८० अंकले घटेर २ हजार ८८.१६ विन्दुमा पुगेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ७० करोड ४९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ। यसको आज १९ करोड ३६ लाखभन्दा बढीको कारोबार भएको छ।
मंगलबारको कारोबारमा १३ वटै उपसुचक घटेको छ। आजको कारोबारमा मल्टीप्रपोज फाइनान्स र सुर्योदय वोमी लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, ग्लोबल आइएमई लघुवित्त र रिभर फल्स पावरका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment