महिला युरो: स्विडेनलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड फाइनलमा

डिसी नेपाल
११ साउन २०७९ ७:०७

काठमाडौं। स्विडेनमाथि ४-० को सहज जित निकाल्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ। सेफिल्डमा मंगलबार राति इंग्ल्यान्डलाई जित दिलाउन बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्विले समान एक-एक गोल गरे।

पहिलो हाफमा १ गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा थप तीन गोल गरेको थियो। इंग्ल्यान्ड महिला युरोको इतिहासमा तेस्रोपटक फाइनलमा प्रवेश गरेको हो । यसअघि इंग्ल्यान्ड सुरुवाती संस्करण सन् १९८४ र नवौं संस्करण २००९ मा फाइनलमा प्रवेश गरेको थियो।

यद्यपि उपाधी भने हात पार्न सकेको छैन। अब, इंग्ल्यान्डको उपाधिको लागि जर्मनी र फ्रान्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *