एचआइडीसीएलको संस्थापक सेयर साउन १५ गतेदेखि पुनः लिलामीमा आउँदै

डिसी नेपाल
११ साउन २०७९ १०:३३
64
Shares

काठमाडौं। जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल)को २ करोड ७८ लाख ९ हजार ४८० कित्ता संस्थापक सेयर साउन १५ गतेदेखि पुनः लिलामीमा आउने भएको छ। यसअघि असार ५ गतेदेखि १९ गतेसम्म ३ करोड ३० लाख संस्थापक सेयर लिलामी गर्दा ५१ लाख ९० हजार ५२० कित्ता मात्र बिकेको थियो। त्यसबेला बिक्री नभएको सेयर अहिले पुनः लिलामी गर्न लागेको हो।

यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले साउन २९ गतेसम्म बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले  न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्नुपर्नेछ।

यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिने कम्पनीले जनाएको छ। यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ। साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.