लमजुङमा सवारी कारबाहीबाट ५६ लाख १६ हजार राजश्व संकलन
लमजुङ। लमजुङमा आर्थिक वर्ष ०७८/७९ मा सवारी कारबाहीबाट ५६ लाख १६ हजार रुपैया राजश्व संकलन भएको छ। जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियमविपरीत चलेका सवारीसाधनकाे कारबाहीबाट उक्त राजश्व संकलन भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार एक वर्षको अवधिमा आठ हजार ७५० सवारीसाधन कारबाहीमा परेका छन्। जिल्लामा ०७८ साउनदेखि ०७९ असार मसान्तसम्ममा ट्राफिक नियम उल्लघंन गरी कारबाहीमा पर्ने सवारी साधानमा सबैभन्दा धेरै चार हजार १६४ मोटरसाइकल रहेका छन् । जसबाट २७ लाख ५१ हजार राजश्व संकलन भएको छ।
सोबाहेक गत आर्थिक वर्षमा दुई हजार १२७ कार जिप कारबाहीमा परेका छन्। कारबाहीमा परेका कार जिपबाट १३ लाख ९ हजार राजश्व संकलन भएको छ।
यसैगरी ट्राफिक प्रहरीका अनुसार गत वर्ष जिल्लामा एक हजार १४३ ट्रक/ टिपर, ७०१ ट्याक्टर, ४९८ बस र ११७ अन्य सवारीसाधान कारबाहीमा परेका छन्। कारबाहीमा परेका ट्रक/ टिपरबाट सात लाख २५ हजार ५०० , ट्याक्टरबाट चार लाख ४७ हजार, बसबाट तीन लाख दुई हजार र अन्यबाट ८१ हजार ५०० रुपैया राजश्व संकलन भएको छ।
ट्राफिक प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्ष ०७७/०७८ मा लमजुङमा पाँच हजार ४७६ सवारी कारबाहीबाट ३४ लाख ५५ हजार राजश्व संकलन भएको थियो। जिल्लामा ट्राफिक सचेतना तथा सवारी दुर्घटना न्युनिकरण र रोकथामका लागि ट्राफिक प्रहरीले विविध कार्यक्रम सञ्चालन गर्दै आएको ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक विष्णुबहादुर नेपालीले बताए।







डिसी नेपाल








Facebook Comment