चार कम्पनीको सेयर मूल्यमा सर्किट, कुन कम्पनीको मूल्य कति ?

डिसी नेपाल
११ साउन २०७९ १५:३०
292
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ। बुधबारको कारोबारमा ३ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ। भने एक वटा कम्पनीको सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ।

जानकी फाइनान्स, युनाइटेड फाइनान्स र राष्ट्रिय उत्थान लघुवित्तका सेयर मुल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।

जानकी फाइनान्सको सेयर मूल्य ४२ रुपैयाँ ५० पैसाले बढेर ४ सय ६७ रुपैयाँ ७० पैसा पुगेको छ। यस्तै, युनाइटेड फाइनान्सको सेयर मूल्य प्रतिकित्ता २७ रुपैयाँ ८० पैसाले बढेर ३ सय ५ रुपैयाँ ८० पैसा र राष्ट्रिय उत्थान लघुवित्त को सेयर मूल्य प्रति तोला ९६ रुपैयाँ ८० पैसाले बढेर १ हजार ६४ रुपैयाँ ८० पैसा पुगेको छ ।

यता, कुमारी धनवृद्धि योजनाको सेयर मुल्य भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ। यस कम्पनीको सेयर मूल्य १ रुपैयाँले घटेर  ९ रुपैयाँ पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.