शुक्रबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य बिदेशी मुद्राको विनिमय दर
काठमाडौं। शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ३२ पैसा र बिक्री दर १२७ रुपैयाँ ९२ पैसा कायम गरेको छ। बिहिबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ५४ पैसा र बिक्री दर १२८ रुपैयाँ १४ पैसा रहेको थियो।
युरोपियन यूरो एकको खरिद दर १२९ रुपैयाँ २७ पैसा र बिक्री दर १२९ रुपैयाँ ८८ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५४ रुपैयाँ ४७ पैसा र बिक्री दर १५५ रुपैयाँ २० पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ र बिक्री दर ८९ रुपैयाँ ४२ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ ८५ पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ४० पैसा र बिक्री दर ९ रुपैयाँ ४४ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८७ पैसा र बिक्री दर १८ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ९० पैसा र बिक्री दर ३४ रुपैयाँ ०६ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ७६ पैसा र बिक्री दर ३४ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७७ पैसा र बिक्री दर ९ रुपैयाँ ८२ पैसा कायम भएको छ।
Facebook Comment