मिर्मिरे लघुवित्तको खुद नाफा ८ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी कति ?
काठमाडौँ। मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक भएको विवरण अनुसार संस्थाको खुद नाफाले २० करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले १९ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ। संस्थाको खुद ब्याज आम्दानी २१.४५ प्रतिशतले बढेर ५४ करोड ३७ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष संस्थाको खुद ब्याज आम्दानी ४४ करोड ७७ लाख रुपैयाँमा सीमित थियो। यता, सञ्चालन नाफा १५.४४ प्रतिशतले बढेर ३३ करोड ४ लाख रुपैयाँ पुर्याएको छ। अघिल्लो वर्ष संस्थाको सञ्चालन नाफा २८ करोड ६२ लाख रुपैयाँ रहेको थियो।
असार मसान्तसम्ममा संस्थाले ५ अर्ब ६७ करोड रुपैयाँ सापटी लिई ८ अर्ब ८३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले ४ अर्ब ५२ करोड रुपैयाँ सापटी लिई ६ अर्ब ६३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। हाल संस्थाको चुक्ता पुँजी ५२ करोड २० लाख रुपैयाँ रहेको छ भने रिजर्भको आकार ७९.७१ प्रतिशतले बढेर ४५ करोड १९ लाख रुपैयाँको उचाइमा पुगेको छ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३९.८८ रुपैयाँ रहेको छ। पीई रेसियो २६.३३ गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ १८६.५६ रुपैयाँ रहेको छ।







डिसी नेपाल








Facebook Comment